नियम ४२
मूल्याङ्कन पुनरावलोकन समितिका अध्यक्ष तथा सदस्यको काम, कर्तव्य र अधिकार

(१) मूल्याङ्कन पुनरावलोकन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) निवेदकले पेश गरेको प्रमाण बुझ्ने,
(ख) भन्सार अधिकृतले गरेको निर्णयलाई सदर गर्ने वा सो निर्णय बदर गरी तत्सम्बन्धमा भन्सार अधिकृतले गर्ने निर्णय आफै गर्ने,
(ग) निवेदकबाट थप प्रमाण वा कागजात दाखिला गराउने,
(घ) मालवस्तुको मूल्याङ्कनका लागि आवश्यक पर्ने सूचना संकलन गर्ने ।
(२) मूल्याङ्कन पुनरावलोकन समितिले गरेको निर्णयको जानकारी निर्णय भएका मितिले सात दिनभित्र निवेदक, विभाग र सम्बन्धित भन्सार कार्यालयलाई दिनु पर्नेछ ।
(३) मूल्याङ्कन पुनरावलोकन समितिले गरेको काम कारबाहीको मासिक प्रतिवेदन महिना भुक्तान भएको सात दिनभित्र अर्थ मन्त्रालयमा पेश गर्नु पर्नेछ ।